धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिएपछि सडक अवरुद्घ

Thankot Times

थानकोट ।

धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

बुधबार सवा चार बजे थाक्रे गाउँपालिका–१ स्थित काठमाडौंबाट गल्छीतर्फ जाँदै गरेको बा ३ ख ५७६७ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प ७८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

उक्त ठक्करबाट मोटरसाइकल चालक  काठमाडौं बालाजु बस्ने ४५ वर्षीय मिलन लामा र पछाडि बस्ने धादिङ थाक्रे गाउँपालिका–८ का ४३ वर्षीय रमेश सुवेदी घाइते भएका हुन्।

घाइते दुवै जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।

चालकको अवस्था गम्भीर छ भने पछाडि बस्ने मध्यम घाइते भएका छन्,’ उनले भने।

उनका अनुसार अहिले उक्त बाटो अवरूद्ध भएको छ। दुवै सवारी साधन घटनास्थलमै छ। ठक्कर दिने गाडीका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *