काेटेश्वर नजिकै तीनवटा सवारीसाधन ठाेक्किएपछि…

Thankot Times

थानकोट ।

काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् ।

एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक  छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको छ ।

दुर्घटना आज बिहान करिब सवा ६ बजेतिर भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *