भोलि शुक्रबार ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा
थानकोट ।
भोलि शुक्रबार ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा हुने भएको छ।
रातो मच्छिन्द्रनाथको रथ जात्राको रथ तान्ने क्रममा लगनखेलमा भोलि शुक्रबार नरिवल खसाल्ने साइत निस्किएपछि ललितपुर महानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार सो दिन स्थानीय बिदा दिइन लागेको हो ।
सो दिन महानगर र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठद्धारा बिहीबार जारी सूचनामा उल्लेख छ ।














