इन्द्रावती खोलाबाट बालुवा लोड गरेर पाँचखाल आउँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Thankot Times

थानकोट।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *