पूर्वराजा ज्ञानेन्द्रलाई अघोषित नजरबन्दमा राखिएको चर्चालाई निर्मल निवासले गर्‍यो खण्डन

Thankot Times

थानकोट ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखिएको चर्चालाई निर्मल निवासले खण्डन गरेको छ ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएको थियो ।

त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुकमार्फत प्रष्ट पारेका हुन् ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु,’उनले लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *