थानकोटमा अर्ध*चेत भेटिएका युवाकाे मृ*त्युु
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोट सिलाफलस्थित एक टहरामा अर्धचेत भेटिएका युवाकाे मृत्यु भएको छ।
प्रहरी वृत्त थानकोटका अनुसार साेमबार बिहान करिब ९ बजे कपडामा बुट्टा भर्ने काेठामा अर्धचेत भेटिएका महाेत्तरीका राम सरेश साहलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका चिकित्सकले मृत घाेषणा गरेका हुन् ।
करिब ३२ वर्षका साहकाे मृत्युको कारण हालसम्म खुल्न नसकेको र शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीको भनाइ छ।
यस बारेमा थप अनुसन्धान भइरहेको छ।













