स्कुटरमा लागुऔषध बोकेर हिंडेका युवक कलंकी नजिकैबाट पक्राउ

Thankot Times

थानकोट।

काठमाडाैंमा स्कुटरमा लागु औषध बोकेर हिंडेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौं टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ छन् ।

उनलाई प्रहरीले बा ९७ प ५९४२ स्कुटरमा लागु औषध बोकेर हिंडेको अवस्थामा कलंकी बाफलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीबाट प्रहरीले ट्रामाडोल ८८ क्याप्सुल, नाइट्राजेपाम १ हजार क्याम्पसु, नगलद १६ हजार, २ थान मोबाइल र स्कुटर बरामद गरेको छ ।

उनीविरुद्ध लागुऔषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *