सत्यमोहन जोशीको शालिक अनावरण हुने

Thankot Times

थानकोट ।

स्वर्गीय वाङ्‌मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको शालिक अनावरण हुने भएको छ।

ललितपुर महानगरपालिकाले महानगरपालिकाद्वारा निर्मित शालिक जोशीको १०६ औँ जन्म जयन्तीको अवसरमा मंगलबार अनावरण कार्यक्रम राखिएको जानकारी दिएको हो।

उक्त शालिकको अनावरन महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको हातबाट हुने महानगरपालिकाले जनाएको छ।

ललितपुर महानगरपालिकाको प्राङ्गणमा बिहान ९ बजे शालिक अनावरण कार्यक्रम हुने छ।

२०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो। उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *