पनाैतीमा बाढीमा बगेकी महिलाको अवस्था अझै अज्ञात, सडक मार्ग अवरुद्ध
थानकोट ।
काभ्रेपलाञ्चोक जिल्लाको पनाैती क्षेत्रमा सोमबार दिउँसो आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
उनको खोजीकार्य जारी छ ।
सोमबार अपराह्न आएको बाढीले बगाउँदा पनौती नगरपालिका-५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको हिजोदेखि नै खोजी सुरु गरिए पनि बेलुका भएपछि खोजी स्थगित गरिएको थियो ।
आज बिहानबाट फेरि खोजी सुरु गरिएको छ ।
बाढीले पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा क्षति पुर्याएको छ ।
माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ ।
कटुन्जेबेसी, बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ ।













