नर्सिङ दिवसका अवसरमा चन्द्रागिरिकी पार्वतीसहित देशभरका ७ जना नर्स सम्मानित

Thankot Times

थानकोट ।

विश्व नर्सिङ दिवसका अवसारमा नेपालमा सात जना नर्सहरु सम्मानित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नेपालभरबाट छानिएका ७ नर्सहरुलाई सोमबार सम्मान गरेको हो।

सम्मानित हुनेमा महोत्तरीको बर्दिवास नगरपालिकाकी सामुदायिक स्वास्थ्य नर्स अनिशा थापा, रुपन्देहीको तिलोत्तमा नगरपालिका, गौतम बुद्ध उच्च मावि स्कुलकी हेल्थ नर्स मुना ज्ञवाली, स्याङ्जाको वालिङ नगरपालिकाकी सामुदायिक स्वास्थ्य नर्स सृष्टि मल्ल र काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सामुदायिक स्वास्थ्य नर्सका रुपमा कार्यरत पार्वती पंगेनी पौडेल रहेका छन्।

यस्तै गोरखाको गोरखा नगरपालिकास्थित गोरखा माविमा स्कुल हेल्थ नर्सका रुपमा कार्यरत ममता लामिछाने, काभ्रेको रोशी गाउँपालिकास्थित रोशी मावि स्कुल हेल्थ नर्स पदमा कार्यरत विमला हायु र काठमाडौंको रत्नराज्य उच्च माध्यमिक विद्यालय नयाँ बानेश्वरमा स्कुल हेल्थ नर्सका रुपमा सेवारत सविता रेग्मीलाई सम्मान गरिएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिराकुमारी निरौलाले जानकारी दिइन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *