दक्षिणकालीबाट सम्पर्कविहिन कुन्छालका नविन अझै भेटिएनन, खोजि गरिदिन परिवारजनको अपिल

Thankot Times

थानकोट ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका-१ कुन्छालका नविन गोपाली सम्पर्कविहिन रहेको भन्दै परिवारजनले खोजबिनका लागि अपिल गरेका छन् ।

यही बैशाख १६ गते दिउँसो १ बजे मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीबाट फर्पिङ हुँदै काठमाडाैं आउने क्रममा १९ वर्षीय गोपाली दक्षिणकालीसम्म बसमा रहेको र सो पछि सम्पर्कविहिन भएको परिवाजनको भनाइ छ ।

गहुँगोरो वर्णका १९ वर्षीय नविन मानसिक रोगबाट ग्रसित भएको समेत परिवारजनको भनाइ छ।

उनी कहीँ कतै फेला परे नजिकैको प्रहरी कार्यालय वा परिवाजनलाई सम्पर्क गरिदिन उनका परिवारले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *