त्रिशूली नदीमा नुहाउने क्रममा नुवाकोटमा दुई बालिका बेपत्ता

Thankot Times

थानकोट ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् ।

विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया जेनी डंगोल र सदीक्षा राई नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार, नदी किनारमा नुहाउने क्रममा सुरुमा एउटा बालिका डुबेपछि उनलाई बचाउने क्रममा दुवैजनालाई बगाएको सँगै नुहाउन गएका उनीहरूका साथीहरूले बताएका छन् ।

बगाएको सूचना पाएलगत्तै खोजी कार्य थालिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *