नागढुङ्गा नाकामा झापड हान्ने र झापड खाने प्रहरीको पहिचान खुल्याे, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

नागढुङ्गास्थित ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् ।

थानकोट प्रहरीका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् ।

के कारणले इन्स्पेक्टर साहले कुटपिट गरे भन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले जानकारी दिए ।

एसपी गिरीले भने, ‘‘हामीले पनि भर्खर थाहा पाएका छौँ । विषय के हो बुझ्दैछौँ । काम गर्न निर्देशन दिएको हो वा कुटपिट गरेको हो बुझ्दैछौँ ।’’  इन्स्पेक्टर साहले हवल्दारलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *