कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दहचोककी एक युवती पक्राउ

Thankot Times

थानकोट ।

विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तिय संस्था तथा शैक्षिक प्रमाणपत्र लगायतका कागजातहरू कीर्ते गरी नक्कली बनाउने गरेको अभियोगमा तीन जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा अन्जनी बयलकोटी, निर्मल खड्का र अन्जु खत्री छन् । खत्री चन्द्रागिरि नगरपालिका-१ दहचोक बस्दै आएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

उनीहरू बुधबार (बैशाख ३१) समातिएका हुन् ।

यो समूहले तारकेश्वर नगरपालिका-७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजातहरू नक्कली बनाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

उनीहरूको साथबाट विभिन्न कागजतपत्र, छाप तथा उपकरण समेत बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी काठमाडाैं पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *