नागढुङ्गामा ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटनामा छानबिन गर्न समिति गठन

Thankot Times

थानकोट ।

बुधबार बिहान नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

नागढुंगास्थित बीच सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका थिए ।

घटनाबारे छानबिन गर्न एसपी पदमबहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एक इन्स्पेक्टर सदस्य पनि छन् ।

कुटपिटको भिडिओ आएपछि दुवै जनाको जिम्मेवारीबाट खोसिएको छ ।

इन्स्पेक्टर साहले जवानले नागढुंगामा आउँदै गरेको भारतीय गाडी चालकसँग लेनदेन गरेको आरोप लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *