लागू औषधसहित कीर्तिपुरबाट समातिए राजु
थानकोट ।
नेपाल प्रहरीले कीर्तिपुर नगरपालिका-३ सल्यानथानबाट एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ४० ट्याब्लेट, नाईट्राभेट १ सय ट्याब्लेट र नगद २८ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २५ बर्षीय राजु मेटर बिहीबार दिउँसो समातिएका हुन् ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













