मेयर बालेनको जापान भ्रमण रद्द

Thankot Times

थानकोट ।

केन्द्र सरकारले समयमै सूचना नदिँदा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को  जापान भ्रमण रोकिएको छ।

मन्त्रिपरिषद्ले ढिलो गरी निर्णय गरेको र जानकारीसमेत समयमै नदिएका कारण मेयरको भ्रमण रोकिएको हो।

मेयर शाह गत आइतबार नै जापानको युएनसिआरडी स्मार्ट सिटीसम्बन्धी वर्कसपको लागि जानुपर्ने थियो। बिहीबार मात्रै मन्त्रिपरिषद्ले स्वीकृति दिने निर्णय गर्यो भने त्यसको जानकारी शुक्रबार मात्रै गराइएको थियो।

मन्त्रिपरिषद् बैठकमा भएका ३० वटा निर्णय सार्वजनिक

निर्णय ढिलो भएको र त्यसमाथि ढिलो गरी सूचना प्राप्त भएकाले भ्रमण रोक्नुपर्ने अवस्था आएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले बताए।

‘जापान जानका लागि सचिवालयले १० दिनअघि नै केन्द्र सरकारसँग अनुमतिको लागि पत्र पठाएको थियो, तर मन्त्रिपरिषद्को बैठकमा ढिलो लगियो,’ उनले भने, ‘ढिलो सूचना आएपछि तयारी नपुग्दा भ्रमण रोक्नुपर्यो।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *