बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको बानेश्वरमा कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु भएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।

बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा ती बालकको मृत्यु भएको हो ।

कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका बालक झा थरको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । 

कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

मृतक बालकका बुबा आलोक कुमार झा लामो सयमदेखि बानेश्वरमा डेरा गरी बस्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *