काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार (जेठ ३) दिउँसो बाप्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले बा६०प १७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक गोरखाका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको परिसरका प्रवक्ता एवं एसपी अलीलराज बोहराले जानकारी दिए ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *