नुवाकोटस्थित त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला परे

Thankot Times

थानकोट ।

गत बैशाख ३० गते नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुई जना बालिका मृत अवस्थामा भेटिएका छन् । स्थानीय ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदीक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सदीक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहीबार फेला परेको थियो ।

शनिafर धादिङको गल्छी स्थित त्रिशूलीको किनारमा जेनीको शव फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *