चन्द्रागिरि हिल्स ट्रेड युनियनको अध्यक्षमा नेकपा एस निकट हिक्मत रावल विजयी
थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन्।
हालै सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन ७३ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनमा तीन वटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए। अखिल नेपाल होटल, व्यवसायी तथा रेस्टुरेन्ट मजदुर संघले ३० मत प्राप्त गरेको छ भने नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघले ३३ मत प्राप्त गरेको बताइएको छ ।
निर्वाचन अधिकृत विवेक यादवका अनुसार कुल १४० मतदातामध्ये १३६ मत खसेको थियो ।
नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन नेकपा (एकीकृत समाजवादी) आवद्ध मजदुर संगठन हो।
नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चन्द्रागिरि हिल्समै पुगेर बधाइ दिएका छन् ।












