ढुङ्गाअड्डामा स्कुटर दुर्घटना, चालक गम्भीर घाइते, परिचय खुल्न बाँकी
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डको ढुंगाअड्डामा मंगलबार दिउँसो स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार स्कुटरचालकलाई सहिद मेमोरियल अस्पताल लगिएको छ। उनको पहिचान हुन बाँकी छ ।
बा प्र ०२२४ प ८८४८ नम्बरको स्कुटर दुर्घटनामा परेको हाे।
साे दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ।
तस्वीर स्रोतः तोरण थापा












