चन्द्रागिरिमा खानेपानी आयोजनाको ट्रान्सफर्मर तोडफोड गरि चोरी
थानकोट ।
चन्द्रागिरिमा डिपबोरिङको पानी पम्पिङ गर्न राखिएको ट्रान्सफर्मर तोडफोड गरि चोरी भएको छ ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गा सिस्नेखोला सुरुङ्गमार्ग खानेपानी उपभोक्ता समितिको घट्टेडाँडास्थित डिपबोरिङ क्षेत्रमा रहेको ट्रान्सफर्मर खम्बाबाट निकाली केही पाटपूर्जा चोरी भएको हो ।
घटना बुधबार बिहान सार्वजनिक भएको हो ।
नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग आयोजनास्थलका स्थानीयको सहजताका लागि सुरुङ मार्ग आयोजनाले सो खानेपानी योजना सञ्चालन गरेको थियो ।
ट्रान्सफर्मर चोरीको घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
यसबारेमा प्रहरी प्रभाग नागढुङ्गाले अनुसन्धान गरिरहेको बताइएको छ ।
ट्रान्सफर्मरका तोडफोड तथा चोरी भएसँगै सो क्षेत्रमा खानेपानी वितरण प्रभावित हुने देखिएको छ ।












