मच्छेगाउँका २६ वर्षीय विधान श्रेष्ठ बने चन्द्रागिरिबाट सगरमाथा आरोहण गर्ने ‘पहिलो व्यक्ति’
थानकोट ।
चन्द्रागिरि नगरपालिका निवासी विधान श्रेष्ठले विश्वको सर्वोच्च टाकुरा सगरमाथामा सफल आरोहण गरेका छन्।
मच्छेगाउँका २६ वर्षीय श्रेष्ठ सगरमाथा शिखरमा पुग्ने पहिलो चन्द्रागिरिबासी भएको दाबी गरिएको छ । यद्यपी यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ ।
उनी गत बैशाख ३ गते सगरमाथा यात्रामा निस्किएका थिए ।
‘जेठ ५ मा उहाँले सगरमाथाको शिर चुम्नुभएको खबर पाएका छाैं’ चन्द्रागिरि नगरपालिका-०९ का वडाध्यक्ष अच्युत अधिकारीले भने ।
श्रेष्ठ अहिले बेश क्याम्प फर्कँदै गरेको बताइएको छ ।












