पछिल्लो १० महिनामा नेपालीले दाँत कोट्याउनमै खर्चिए तीन करोड ४० लाख रुपैयाँ

Thankot Times

थानकोट ।

नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ । 

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा तीन करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

विभागका अनुसार १० महिनामा आयात भएका दाँत कोट्याउने सिन्का मध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँको सिन्का काठबाट बनेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *