क्यान्सरसँग जुधिरहेकी बलम्बुकी २७ वर्षीया अञ्जलीको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने

Thankot Times

थानकोट ।

क्यान्सरसँग जुधिरहेकी बलम्बुकी २७ वर्षीया अञ्जली श्रेष्ठको उपचारका क्रममा ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा बिहीबार साँझ निधन भएको छ।

बलम्बुका सञ्चारकर्मी संजयदेव महर्जनले उनको मृत्यु भएको खबर पुष्टि गरेका हुन् ।

श्रेष्ठको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने बताइएको छ ।

सन् २०१९ मा नर्सिङ परीक्षा सकेर सेवामा जुट्दै गर्दा क्यान्सर भएको पत्ता लागेपछि उनले ५ पटक शल्यक्रिया र २६ पटक रेडियो थेरापी गराएकी थिइन् ।

यद्यपी क्यान्सर पूर्णतः निको हुन नसकेपछि थप उपाचरका लागि सहयोग संकलनको अभियानका सुरु गरिएको थियो ।

बलम्बु निवासी अञ्जलीको उपचारका लागि सहयोग जुट्दै, करिब ५० लाख रुपैयाँ संकलन


Leave a Reply

Your email address will not be published. Required fields are marked *