पेस्तोलसहित तनहुँमा दुइ जना युवा पक्राउ
थानकोट ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनीटारबाट बिहीबार पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७, गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासीको बर्दघाट सुस्ताको गैँडाकोट नगरपालिका–१२, हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो ।
उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


















