समाजसेवी मानन्धरको चाैथो स्मृति दिवस मनाइँदै
थानकोट ।
चन्द्रागिरि नगरका परिचित समाजसेवी सूर्यनारायण मानन्धरकाे चाैथो स्मृति दिवस भोलि शनिबार एक कार्यक्रम आयाेजना गरि मनाइँदैछ ।
महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सो संस्थाका तत्कालीन अध्यक्ष मानन्धरको स्मृति दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-५ महादेवस्थानस्थित कार्यालय हातामा सो कार्यक्रम आयाेजना गर्न लागेको हो ।
मानन्धर साे समितिको संस्थापक अध्यक्ष थिए । २०७८ जेठ १० मा काेभिड संक्रमणका कारण मानन्धरको निधन भएको थियाे ।
मानन्धरको सम्मानमा महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २०८० सालमा संस्थाको कार्यालय हातामा अर्धकदकाे शालिक समेत स्थापना गरेकाे छ।
फाइल फोटो












