गुरुजुधारामा दुईवटा गाडी उछिना उछिन गर्दा आङ नै सिरिङ्ग हुने दुर्घटना
थानकोट ।
समान दिशाबाट कलंकीतर्फ गइरहेका दुईवटा यात्रु बाहक फाेर्स गाडी थानकोट-कलंकी सडक खण्डको गुर्जुधारा सडकमा आइतबार मध्याह्न ओभर टेक गर्ने क्रममा सडक छेउ उभिएका दुईजना घाइते भएका छन्।
थानकोटबाट कलंकीतर्फ गइरहेको थानकोट नगर यातायातको बा २ ख ९३७९ नम्बरको फाेर्स गाडीकाे ठक्करबाट २ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा चन्द्रागिरि नगरपालिका १० सतुङ्गल बस्ने ६१ वर्षीय सुरेन्द्र बहादुर थापा र उनकी श्रीमती ६० वर्षिया सुनिता थापा रहेको ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ।
घाइतेहरुको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार एउटै रुटमा चल्ने २ वटा गाडी तिव्र गतिमा ओभरटेक गर्ने क्रममा साे दुर्घटना भएको हाे ।
पैदलयात्रीलाई ठक्कर दिएको गाडीले सडक छेउ पार्किङ गरिएका माेटरसाइकललाई पनि ठक्कर दिएको छ।
साे दुर्घटनामा संलग्न सवारीसाधन तथा चालक आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ।
फाइल फाेटाे


















