पालुङमा दर्दनाक दुर्घटना, यात्रु बसले ६ जना पैदलयात्रीलाई ठक्कर दियो, दुई जनाको मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरमा यात्रुबाहक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार (जेठ १२) बेलुका पालुङ बजारनजिकै बा३ख ५९९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मकवानपुरकै गोपालीगाउँ भन्ने ठाउँबाट पालुङतर्फ गइरहेको बसले पैदलयात्रीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सञ्जयसिंह थापाले जानकारी दिए । बसको ‘ब्रेक फेल’ हुँदा उक्त घटना भएको उनको भनाइ छ ।

चालक र उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत्यु हुनेमा थाहा ९ का कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका ५ सप्तरी स्थायी घर भइ हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्र कुमार ठाकुर रहेका छन् ।

गम्भीर घाइते झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादव र मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेश कुमार शाह रहेका छन भने झम्केश्वरी माविकै शिक्षक राम गुलाम चौधरी र छेवाङ लामा सामान्य घाइते भएका छन् ।

तस्वीरः शम्भु अधिकारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *