ढुङ्गाअड्डा निवासी राजेन्द्रमान सिंह बस्नेत अझै सम्पर्कविहिन, खोजीमा सघाउन परिवारको अनुरोध

Thankot Times

थानकोट ।

मंगलबार (असार ३१) बिहान करिब ४ बजे घरबाट निस्किएका चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डास्थित आदर्श टोल निवासी राजेन्द्रमान सिंह बस्नेत दिउँसोसम्म घर नफर्किएपछि परिवारजनले प्रहरी थानामा खोजीका लागि निवेदन दिएका छन् ।

तत्पश्चात परिवारजन, स्थानीयबासी तथा प्रहरीले उनको खोजी कार्य तिव्र बनाएका छन् ।

७४ वर्षीय बस्नेतको खोजी कार्य जारी प्रहरी प्रभाग बलम्बु तथा प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।

हराएका मानिसको प्राप्त हुलिया विवरणका बारेमा मातहतका निकायमा जानकारी गराइ खोजी कार्यमा समन्वय भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

घरबाट बिहान निस्किएका परिवारका सदस्य एकाएक सम्पर्क विहिन भएपछि परिवारजनले बस्नेतको खोजीका लागि सबैसँग अनुरोध समेत गरेका छन् ।

अपडेट: बस्नेत दक्षिणकाली नगरमा मृत अवस्थामा फेला परेकाे र उनको अन्तिम संस्कार समेत भइसकेको बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *