चाैथो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल शुक्रबारदेखि, १६ विद्यालयबीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन चन्द्रागिरिले छात्र फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

भोलि (साउन १६ गते) बाट सुरु हुने प्रतियोगिता साउन १७ गते शनिबार सम्पन्न हुनेछ । 

प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १६ विद्यालयले सहभागिता जनाउने प्रतियोगिता संयोजक मिलन गुरुङले बिहीबार रिब्स माविमा आयोजित टाइसिट ड्र एवं खेलाडीको आधिकारिकता जाँचका क्रममा जानकारी दिए ।

समुह चरणका खेलमा समुहको शीर्ष २ मा रहने टोली नकआउट चरणका लागि छनोट हुनेछन्, समुह चरणका सबै खेल साउन १६ गते सतुङ्गलस्थित ए आइ स्कुलको एरिनामा खेलाइने प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।

प्रतियोगिताको सेमीफाइनल, तेस्रो स्थानको खेल र फाइनल खेल साउन १७ गते शनिबार एआइकै एरिनामा हुनेछन् ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा प्रतियोगिताको उत्कृष्ठ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अप्रोच स्कुल, मदरल्याण्ड, जेसिस, रिब्स, सप्तर्षि, बालतारा, ब्राइट एन्जल, प्याराडाइज, ज्ञानसुधा, ओराकल-रे, सनसाइन, गोल्डेन फ्लावर, ऋचा, सुप्रिम, ब्राइट फ्यूचर र एआइ स्कुल सहभागी छन् ।

सहभागी विद्यालयहरू चार समुहमा विभाजन गरिएका छन् ।

जसमा समुह क अन्तर्गत अप्रोच स्कुल, मदरल्याण्ड, जेसिस र रिब्स स्कुल रहेका छन् । 

समुह ख अन्तर्गत सप्तर्षि, बालतारा, ब्राइट एन्जल र प्याराडाइज स्कुल रहेका छन् । यसैगरी समुह ग अन्तर्गत ज्ञानसुधा, ओराकल-रे, सनसाइन र गोल्डेन फ्लावर स्कुल रहेका छन भने समुह घ अन्तर्गत ऋचा, सुप्रिम, ब्राइट फ्यूचर र एआइ स्कुल रहेका छन् ।

प्रतियोगिता अन्तर्गतका समुह  चरणका खेलहरू बिहान ७ः२० बजेबाट सुरु हुनेछन् ।

गतवर्ष घरेलुु टाेली ब्राइट फ्युचर माविलाई स्तब्ध बनाउँदै चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि उचालेकाे थियो । 

नगरक्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूबीच बन्धुत्वको भावना जागृत गराउन तथा विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जनको भनाइ छ ।

प्याब्सन चन्द्रागिरिले समय समयमा अन्तर विद्यालय शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: दुवै विधाकाे उपाधि रिब्स माविलाई


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ