मकैको खोया नफाल्नुस, धादिङको गल्छी गाउँपालिकामा ५ रुपैयाँ किलोमा खोया बिक्री हुने
थानकोट ।
भक्तपुरको एक च्याउ उद्योगले च्याउ फलाउन खोया संकलनका लागि सहयोग मागेपछि धादिङको गल्छी गाउँपालिकामा ५ रुपैयाँ किलोमा मकैका खोया बिक्री हुने भएको छ ।
बिहीबार पालिकाले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
खोया संकलन गर्न, ताैल गर्न र भण्डारण गर्न सहयोग गर्ने कृषक समुह, सहकारी वा सर्वसाधारणलाई प्रति किलो एक रुपैयाँ समेत उपलब्ध गराइने प्रमुख प्रकासशीय अधिकृत कृष्णहरि पाैडेलले जानकारी दिए ।
भक्तपुरको चाँगुनारायणस्थित विनिशा एण्ड भावेश मसरुम उद्योगले विभिन्न पालिकालाई पत्राचार गरि खोया संकलनका लागि सहजीकरणका लागि अनुरोध गर्दै आएको छ ।
सूचना हेराैं













