चाैथो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल आजदेखि, पहिलो खेलमा अप्रोच र मदरल्याण्ड भिड्दै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन चन्द्रागिरिको आयोजनामा आजबाट नगरस्तरीय छात्र फुटसल प्रतियोगिता सुरु हुँदैछ । 

प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १६ विद्यालयले सहभागिता जनाउने प्रतियोगिता संयोजक मिलन गुरुङले बिहीबार रिब्स माविमा आयोजित टाइसिट ड्र एवं खेलाडीको आधिकारिकता जाँचका क्रममा जानकारी दिए ।

समुह चरणका खेलमा समुहको शीर्ष २ मा रहने टोली नकआउट चरणका लागि छनोट हुनेछन्, समुह चरणका सबै खेल आज हुनेछन् । 

सतुङ्गलस्थित ए आइ स्कुलको एरिनामा प्रतियोगिताका सबै खेलाइने प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।

प्रतियोगिताको सेमीफाइनल, तेस्रो स्थानको खेल र फाइनल खेल भोलि (साउन १७ गते) एआइकै एरिनामा हुनेछन् ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा प्रतियोगिताको उत्कृष्ठ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अप्रोच स्कुल, मदरल्याण्ड, जेसिस, रिब्स, सप्तर्षि, बालतारा, ब्राइट एन्जल, प्याराडाइज, ज्ञानसुधा, ओराकल-रे, सनसाइन, गोल्डेन फ्लावर, ऋचा, सुप्रिम, ब्राइट फ्यूचर र एआइ स्कुल सहभागी छन् ।

सहभागी विद्यालयहरू चार समुहमा विभाजन गरिएका छन् ।

जसमा समुह क अन्तर्गत अप्रोच स्कुल, मदरल्याण्ड, जेसिस र रिब्स स्कुल रहेका छन् । 

समुह ख अन्तर्गत सप्तर्षि, बालतारा, ब्राइट एन्जल र प्याराडाइज स्कुल रहेका छन् । यसैगरी समुह ग अन्तर्गत ज्ञानसुधा, ओराकल-रे, सनसाइन र गोल्डेन फ्लावर स्कुल रहेका छन भने समुह घ अन्तर्गत ऋचा, सुप्रिम, ब्राइट फ्यूचर र एआइ स्कुल रहेका छन् ।

प्रतियोगिता अन्तर्गतका समुह  चरणका खेलहरू बिहान ७ः२० बजेबाट सुरु हुनेछन् । पहिलो खेलमा समुह क मा रहेका अप्रोच र मदरल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगितामा शीर्ष ३ स्थानभित्र रहने विद्यालयहरूले प्याब्सन काठमाडौं महानगर कार्यसमितिले आयोजना गर्ने प्याब्सन कप फुटसलमा सहभागिताका लागि अवसर पाउनेछन्।

गतवर्ष घरेलुु टाेली ब्राइट फ्युचर माविलाई स्तब्ध बनाउँदै चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि उचालेकाे थियो । 

नगरक्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूबीच बन्धुत्वको भावना जागृत गराउन तथा विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जनको भनाइ छ ।

प्याब्सन चन्द्रागिरिले समय समयमा अन्तर विद्यालय शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: दुवै विधाकाे उपाधि रिब्स माविलाई


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ