डेंगुबाट संक्रमित भएकी २४ वर्षीय युवतीको काठमाडाैंमा उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट ।

डेंगु सङ्क्रमणका कारण काठमाडौँमा एक जना २४ वर्षीय युवतीको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो ।

उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *