काठमाडौंमा एकै दिन दुई जना महिला मृत फेला, अनुसन्धान जारी
थानकोट ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दुई जना महिलाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
काठमाडाैं महानगरपालिका–१४ बल्खुस्थित बालुवा डिपो नजिक अन्दाजी ४५ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।
शुक्रबार नै काठमाडाैं महानगरपालिका–२६ गोंगबु मित्रनगर बबालिचोकमा रहेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा पनि अन्दाजी २६ वर्षीया एक युवती मृत फेला परेकी छन्।
दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।


















