करेन्ट लागेर एक दम्पतीको मृत्यु

थानकोट ।

सप्तरीको कञ्चनरुप नगरपालिका-५ स्थित पिपरामा करेन्ट लागेर एक दम्पतीको निधन भएको छ ।

निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार  कञ्चनरुप-५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो ।

उनीहरु आफ्नो घरदेखि करिब १५० मिटर पूर्वमा रहेको खेतमा जाँदै थिए । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *