पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट ।

काभ्रेको पाँचखाल नगरपालिका-६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार बिहान सिरहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट काभ्रेको कोशीपारितर्फ जाँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका-८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *