कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका-१ घर भएकी ३८ वर्षीया साहारा सुब्बा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हाल सम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *