नेपाल ड्रिलिङ महासंघको अध्यक्षमा राैतहटका रोशन खड्का, महासचिवमा गोविन्द चाैलागाईं

Thankot Times

थानकोट ।

नेपाल ड्रिलिङ महासंघको अध्यक्षमा राैतहटका रोशन खड्का निर्वाचित भएका छन् ।

मंगलबार र बुधबार काठमाडाैंको हात्तीवनमा सम्पन्न महासंघको आम भेला तथा अन्तर्क्रियाबाट खड्का तीन वर्षका लागि अध्यक्ष चयन भएको बताइएको छ ।

महासंघको उपाध्यक्षमा अन्नि कार्की निर्वाचित भएकी छन् । यस्तै महासचिवमा गोविन्द चाैलागाईं निर्वाचित भएको बताइएको छ ।

यस्तै, महासंघको सचिवमा सुमन खड्का चयन हुँदा कोषाध्यक्षमा सुरेन्द्र साह निर्वाचित भएका छन् ।

शेखर कोइराला र गणेश कुमार यादव सदस्य चयन भएका छन् ।

ड्रिलिङ व्यवसायीहरुले झेल्न परेको चुनाैतीको सामुहिक सामना गर्न र व्यवसायलाई व्यवस्थित गर्नका लागि ड्रिलिङ व्यवसायीहरू एकजुट भएका हुन् ।

नेपालमा पिउने पानी निकाल्न, सिंचाइ, खनिज उत्खनन लगायतका कार्य करिब २०० वटा कम्पनीले ड्रिलिङको क्षेत्रमा काम गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *