शुक्रबार मध्यरातमा सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

Thankot Times

थानकोट ।

सङ्खुवासभामा गएराति भूकम्पको धक्का महसुस भएको छ ।

राति ११ बजेर १५ मिनेटमा मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपछि नेपालमा कम म्याग्निच्यूडका भूकम्प जाने क्रम रोखिएको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *