लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।

थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *