सुटकेसभित्र महिलाको शव भेटिएपछि…
थानकोट ।
रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव बरामद भएको छ।
शनिबार राति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ।
अपरिचित व्यक्तिले नाम थर खुल्न नसकेको महिलाको हत्या गरी सुटकेसमा बन्द गरेर सडकपेटीमा फालेर फरार भएका छन्।
शव सुटकेसबाट प्रहरीको मुचुल्का टोलीले झिकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी गिरीले जनाएका छन्।
गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ।
सुटकेसभित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीले जनाए । ती महिलाको साथमा केही कागजात र नगद भेटिएको बताइएको छ ।


















