सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो

Thankot Times

थानकोट ।

रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।

उनको घर भारतको मुजफ्फरपुर भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार मृतक महिला ३५ वर्षीया रुवीकुमारी साह भएको र उनको माइत रौतहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी रहेको छ।

प्रवक्ता कार्कीका अनुसार मृतकका आफन्तले शवको सनाखत गरेका छन भने मृतक महिलाको एक छोरा रहेको खुलेको छ।

मृतक रुवी एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन् ।

उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीले सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा रुबीको शव फेला परेको प्रवक्ता कार्कीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *