१२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय, गोरखापत्रमा छापियो सूचना

Thankot Times

थानकोट।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरेर सोमबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

जसअनुसार कालोसूचीमा परेका ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *