काठमाडाैंमा खोलामा विद्युतीय हायस खसेपछि…
थानकोट ।
तारकेश्वर नगरपालिका–७ मा आज बिहान एउटा ईभी माइक्रो बस दुर्घटनाग्रस्त भएको छ ।
बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रो काठमाडौं–नुवाकोट सडक खण्डमा गुड्ने क्रममा साङला खोलामा खसेको हो ।
चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा माइक्रो खाली रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।
बस खस्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्बिर: नेपाल फाेटाे लाइब्रेरी


















