कीर्तिपुर वृत्तका दुई जनासहित २० प्रहरी गैर-हाजिर, गोरखापत्रमा सूचना
थानकोट ।
एक प्रहरी सहायक निरीक्षक (असई) सहित २० प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज मंगलबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैर-हाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।
गैर-हाजिर हुनेमा एक जना असई, एक जना हवल्दार, चार जना सहायक हवल्दार, दुई जना कार्यालय सहयोगी, एक जना प्राविधिक प्रहरी जवान र बाँकी सबै प्रहरी जवान छन् ।
लामो सयमदेखि सम्पर्कविहीन उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।



















