रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको कीर्तिपुर अस्पतालमा मृत्यु

Thankot Times

थानकोट ।

रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार उनले आत्मदाह प्रयास गरेका थिए ।

उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी बुधबार बिहान शरीर जलेको अवस्थामा फेला परेका थिए ।

आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवा-मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

पासवानको अनुहार ६० प्रतिशत र जीउ ३० प्रतिशत जलेको अबस्थामा प्रहरीले पक्राउ गरेपनि उनको गरुडास्थित बेटर अस्पतालमा उपचारपछि थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ