डडेल्धुरामा जिप दुर्घटना, चार जनाको ज्यान गयो, एकजना गम्भीर घाइते

Thankot Times

थानकोट ।

डडेल्धुरामा भएको जिप दुर्घटनामा ज्यान गुमाएका सबै चार जनाको सनाखत भएको छ ।

आज (बुधबार) बिहान करिब ९ बजे भएको दुर्घटनामा मृत्यु भएका र घाइते ६ जनाको सनाखत गरिएको हो ।

ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार, मृत्यु हुनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद छन् ।

घाइते हुनेमा ४२ वर्षीय गणेशबहादुर साउद, १८ वर्षीया सुशीला बिक, चार वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४४ वर्षीय प्रकाश बिक र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् ।

घाइतेलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । “चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते ६ जनालाई एम्बुलेन्समा अस्पताल ल्याइँदै छ । एकजना गम्भीर घाइते छन्,” प्रजिअ गौतमले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ