आशिका तामाङलाई पाँच दिन कैद, ५ सय रुपैयाँ जरिवाना
थानकोट।
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई पाँच दिन कैद सजाय सुनाइएको छ।
बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङलाई पाँच दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन् ।
तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा सजाय सुनाइएको हो ।
सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो।
त्यही विषयमा नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रो कसुर गरेको भन्दै जाहेरी दिएको थियो।


















